सुदुरबासिका लागि खुशिको कुरा।


सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री परिषदले २०७९ माघ २९ गते कैलाली जिल्लाको गेटामा सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्व विद्यालय बनाउने निर्णय गर्यो। जो सु. प. बासिको लागि खुशि मात्रै हैन गर्बको कुरा पनि हो। म यो लेख मार्फत प्रधानमन्त्री ज्यु लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु। यो निर्णय कार्यान्वयनमा आएछ भने यस क्षेत्रको मुहार फेरिने छ।

नेपालकै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिममा संचालनको लागि सरकारले निर्णय गर्ने कुरा असाधरण नै हो। यसको कार्यान्वयन पश्चात यस क्षेत्रको सर्बाङ्गिण बिकास  हुने छ।राज्य द्वारा पछाडी पारिएको हाम्रो प्रदेश बिकासका तमाम सम्भावना बोकेको क्षेत्र हुँदा हुदै पनि, शासकहरुको प्राथमिकता मा नपर्दा, जनतामा नैरास्यता थियो।राज्य बाट प्रबाह हुने न्युनतम पनि सेवासुबिधा नपाएका यस क्षेत्रका जनता लाई अनेकौं आश्वासन त बाडिए तर योजना र बजेटमा सम्बोधन गरिएन। देशकै पहिलो स्वास्थ बिज्ञान बिश्व विद्यालय सुदूरपश्चिम मा हुदै गर्दा यस क्षेत्रका जनतामा खुशियालि नछाउने त कुरै भएन। निर्णय गर्ने कार्यान्वयन नगर्ने तथा सु.प. का जनतालाई गरिवि र पछौटेपनमा राखि राख्ने बिगत सरकारको जस्तै नियति फेरि पनि हामीले झेल्नुपर्ने त हैन ? सरकारले निर्णय त गर्यो, ऐन कानुन बनेका छैनन्, बजेट बिनियोजन हुन बाँकि छ। यसको प्रकृति,सन्चालन, ब्यबस्थापन कसले कसरि गर्ने यि तमाम कामहरु बाँकी छन् । त्यसकारण जनतामा शंका उत्पन्न हुनु अस्वभाविक पनि छैन। सरकारको काम गर्ने तौरतरिका र गति लाई हेर्दा लाग्छ पक्कै पनि सरकारले बिश्व विद्यालय संचालको वातावरण आगामी आर्थिक बर्ष बाटै बनाउने छ। जो सुदूरपश्चिम बिकासको लागि बरदान साबित हुने छ। यसमा कहि कतै, कुनै प्रकारको  बिमति नराखि एकताबद्ध भएर अर्जुनदृष्टिका साथ सु. प. बासिहरुले लाग्नुपर्छ । यसैमा सबैको भलो हुनेछ। यो हामि सबै सु.प. बासिको लागि अति नै खुशि र हर्षको बिषय भएकोेले हामि सबैको एकताको आवस्यकता परेको छ। यस कार्यमा यहाँ सम्म पुग्न  योगदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। र खुशि ब्यक्त गर्न चाहन्छु।
धन्यवाद



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ