कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट


कञ्चनपुर : कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट भएको छ । हुलाकी सडक अन्तरगत पुनर्वास नगरपालिका – १ ढक्कामा बिस्फोट भएको हो ।

बिस्फोट पछि सडकमा खाल्डो परेको छ । स्थानीयले बिस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बम विस्फोट भएको हो वा अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धान पछि थाहा हुने प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ