पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटरको कति ?


काठमाण्डु- नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ