स्वस्थ आहारको पहिचान कसरी गर्ने ?


 

– डा.ओम मूर्ति अनिल 

काठमाडौं-  शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भन्निछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु  ।

यस्ता  खानेकुराहरुलाई  जति प्राकृतिक रुपमा खान सकिन्छ, त्यति नै लाभकारी मानिन्छ ।

नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै वा फ्रिजमा राखेको अवस्थामा खानु राम्रो हुन्छ ।

यस्ता खानेकुराहरुलाई धेरै बेर सम्म भुटेर, उमालेर वा तारेर प्रयोग गरेमा  यसमा भएको भिटामिन र मिनेरल नष्ट भएर जान्छ । उल्टै यस्ता खाना शरीरकोलागि हानिकारक पनि हुनसक्छ ।

खानामा गुलियो, चिल्लो र नुनको मात्रा कम हुनु स्वस्थ आहारको मुलभुत आवश्यकता हो ।

स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् । स्वस्थ आहारको बारेमा बुभ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुभ्नु जरुरी हुन्छ ।

खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुभ्न सकिन्छ । जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै साग सब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ