खाग चोरी भएको अवस्थामा दुई गैँडा मृत फेला


पूर्वीनवलपरासीमा दुई वटा गैँडालाई सिकारीले मारेको अवस्थामा फेला परेका छन्।

शुक्रबार दिउँसो साढे १२ बजेतिर ती गैँडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

तिवारीका अनुसार एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेका हुन्। दुवै गैँडालाई करेन्ट लगाएर मारिएको जस्तो देखिएको, गैँडा मृत फेला परेको नजिकै विद्युतीय तारसमेत भेटिएको तिवारीले बताए।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सीतापुर सेहेरीनजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैँडा मृत फेला परेको हो। माउ गैँडाकोट सिंङ कोटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए।

नारायणी नदीवारि घाँस चर्न आएको समय पारेर शुक्रबार बिहानपख सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर : सामाजिक सञ्जाल



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ