क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे जिल्ला संयोजक: प्रकाश रावल


धनगढी : नेकपा (बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच पार्टी एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न गरी बैठकले प्रकाश रावल (अनमोल) को संयोजकत्वमा ८३ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित गरेको छ । समितिको सहसंयोजकमा विन्तीराम चौधरी रहनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रविर ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताए ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक महानले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले वर्गसंघर्ष गर्ने तयारी गरेको बताउनु भयो । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डाईमन्डले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरु लाई दृढताका साथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नु भयो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य संघर्ष र सिखरले बोल्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य रुद्र, टंक, देवीराम लगायतको उपस्थिति रहेको थियो ।

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्ला स्तरमा एकता अधिवशेन मार्फत पूर्णता दिइएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ