प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची


काठमाण्डु – आज शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दैछ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची रहेको छ।

राष्ट्रपति पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ। बिहीबार साँझ सुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदबीच धकेलाधकेल भएको थियो।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ