अलिसा म्युजिक रेकर्डिङ स्टुडियोको उद्घाटन


कैलाली : गोदावरी नगरपालिकाको अत्तरियामा भरखरै स्थापना गरिएको अलिसा म्युजिक रेकर्डिङ स्टुडियोको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका वन तथा पर्यटन मन्त्री रमेश सिंह धामीले स्टुडियोको उद्घाटन गरेका हुन ।

स्टुडियोको उद्घाटन गर्दै मन्त्री धामीले सुदूरपश्चिम प्रदेशको भाषा कला,संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्नका लागी स्टुडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सुदूरपश्चिम प्रदेशको भाषाकला संस्कृतिको संरक्षणका निमित्त प्रदेश सरकारले पनि सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । झन््डै १५ लाख लगानीमा सञ्चालन गरिएको अलिसा म्युजिक रेकर्डिङ स्टुडियो अत्तरियाको नमस्ते होटेलको नजिकै रहेको स्टुडियोमा लोकदोहोरी, डेउडा, राना थारु गीतहरू रेकर्ड हुने स्टुडियोका प्रोप्राइटर किशोर कुमार भण्डारीले जानकारी गराए ।

सुदूरपश्चिम प्रदेशका नव कलाकारहरूलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्दै घर आँगनमा स्टुडियो निर्माण गरेको स्टुडियोकी सहसञ्चालक कृष्ण सिराडीले जानकारी गराईन ।

photo – प्रेम बम बोगटी



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ