माओवादी लुम्बिनी संसदीय दलको नेतामा महरा


काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।

आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन्। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ