प्रधानमन्त्रीले गरे निर्माणाधीन द्रुतमार्गको अवलोकन


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई-मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गका निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगेर अवलोकन गरेका हुन्।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गको निरीक्षण गरेका हुन्।उनीसँग मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू र नेपाली सेनाका प्रधानसेनापतिसमेत अवलोकनमा सहभागी थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ