किन गर्दैछन् प्रचण्डले गोप्य भेटवार्ता ?


काठमाण्डु- पछिल्लो समय नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।  संघ र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

अबको प्रधानमन्त्री को बन्ला ? भन्ने आम चासोको विषय बनेको छ । आन्तरिक छलफलमा जुटका नेता मध्ये नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड पनि एक हुन्

भावी प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डले सोमबार नेकपा एमालेका सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

यसैबीच प्रचण्डले ओलीनिकट नेता महासेठसँग गरेको भेटवार्तालाई अर्थ पूर्णरुपमा हेरिएको छ । त्यस्तै प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।

केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेटघाट गरी सिन्धुपाल्चोक सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा लागेको बताएका थिए ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मिलेर अगाडि बढ्ने निर्णय गरेको छ । बालुवाटारको बैठकपछि सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताए । 

‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। तर, बालुवाटारको बैठक बस्नुअघि प्रचण्डले ओलीनिकट नेता महासेठसँग गरेको गोप्य भेटवार्तालाई अर्थ पूर्णरुपमा हेरिएको छ ।

यसभन्दा अघि चुनावी कार्यक्रममा बोल्दै प्रचण्डले एक पटक देशको नेतृत्व गर्ने चाहना भएको बताएका थिए । पछिल्लो समय प्रचण्ड सरकारको नेतृत्व आफ्ना हातमा ल्याउन गोप्य भेटवार्ता गरिरहेका आँकलन गरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ