नक्कली शरणार्थी प्रकरणः पक्राउ परेकालाई साढे २० वर्ष कैद सजाय हुनुपर्ने मागदाबी


काठमाण्डु- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ ।  सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले ३२ जनालाई प्रतिवादी बनाएर आरोपपत्रसहितको प्रतिवेदन बुझाएको हो ।

जसअनुसार नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय हुनेगरी माग दाबीसहित अदालतमा मुद्दा दायर हुनुपर्ने राय प्रहरीको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिले प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ