संकटमा सुदूरका मुख्यमन्त्री ! विश्वासको मत लिने प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि शुक्रबार पनि विश्वासको मत लिने कार्यसूची रहेको बैठक शनिबारका लागि स्थगित भएको थियो । मुख्यमन्त्री सोडारीले प्रदेश सभामा विश्वासको मत पाउने सुनिश्चित नहुँदा बैठक स्थगित हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

सत्तारुढ दल नेकपा एमालेले पर्याप्त छलफल नगरी यथास्थितिमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडान लिएपछि उनी संकटमा परेका छन् । एमालेको समर्थन विना मुख्यमन्त्री सोडारीले प्रदेश सभामा विश्वासको मत पाउन सक्दैनन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल केन्द्रीय नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाण्डु गएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ