पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले साेमबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था रहेकाे छ । कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ