सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म संञ्चालन हुने


कैलाली : धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म संञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको सुदुरपश्चिम प्रादेशिक महोत्सव यसअघि पौष २ गते सम्म संञ्चालन हुने आयोजकले बताएको थियो। तर अब तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो।

महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्मका लागि समय थप गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ