बसको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु


धनगढी – बसको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट गौरीगंगा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।

घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ। रासस


ट्याग : #साइकलयात्रीको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ