सुदूरपश्चिमको मुख्यमन्त्री बन्न १० दिनभित्र दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान


धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न आवश्यक बहुमत जुटाएर १० दिनभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यले दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउने अवस्था नदेखेपछि बिहीवार साँझ प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घ राज भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘मुख्यमन्त्री कमलबहादुर शाहज्यूले मिति २०८०/१२/२२ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकोले माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१/०१/०२ गते आईतबार बेलुका ५ः०० बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ