कैलालीको धनगढीमा अपाङ्गता भएका व्यक्तिका लागि स्क्रिनिङ क्याम्प सञ्चालन


कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्क्रिनिङ क्याम्प सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धिको लागि चैत्र २१ देखि बैशाख १२ गते सम्म क्याम्प आयोजना गर्न लागेको हो ।

क्याम्पमा अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक अवस्था, कान र आँखा चेकजाँच गरी आवश्यक सहयोग सामग्री पहिचान गरिने जनाइएको छ ।

क्याम्प फुलबारी क्लस्टर (वडा नम्बर १९, १८ र १४) मा चैत्र २१ गते, उर्मा क्लस्टर (वडा नम्बर १५, १६ र १७ मा चैत २९ गते, जुगेडा क्लस्टर (वडा नम्बर ९, १० र १२) मा बैशाख ९ गते, बेला क्लस्टर (वडा नम्बर ६, ११ र १३) मा बैशाख १० गते र धनगढी क्षेत्र क्लस्टर (वडा नम्बर १, २, ३, ४, ५, ७ र ८) मा बैशाख १२ गते आयोजना गरिने उपमहानरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ