नायिका मनीषा कोइराला लन्डनमा सम्मानित


एजेन्सी : अभिनेत्री मनीषा कोइरालालाई लन्डनमा सम्मान गरिएको छ। बेलायतको एसियन स्ट्यान्डर्ड अखवारले शुक्रवार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो।

ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन्। पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ

निःशुल्क बाँडिने ब्रिटेनको दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय उक्त समाचारपत्रले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छ। सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताए।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ