‘एक भगवत् गीता’को विवाद टुंगियो, नाम परिवर्तन गरेर प्रदर्शन गर्ने

आइतबार विवाद समाधानार्थ सरस्वतिनरस्थिति चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय छलफलले नाम परिर्वतन गरेर चलचित्र प्रदर्शनका लागि बाटो खुलाउने निर्णय गरेको हो ।


काठमाडौं । झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’को विवाद टुंगिएको छ । अब यो चलचित्रको नाम ‘एक भगवत् र एक गीता’ नामबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारीमा रहेका बेला विवादीत बनेको यो चलचित्र नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति आइतबार भएको छ ।

एक भगवत् गीता नाममा बनाइएको चलचित्र धार्मिक भनिएको थियो । तर धार्मिक ग्रन्थ गीताको नाम जोडेर राखिएको चलचित्रको कथावस्तु भने फरक रहेको भन्दै धार्मिक संघसंस्था तथा सरोकारवालाले प्रदर्शन नै रोक्ने चेतावनी दिँदै आएको थिए ।

आइतबार विवाद समाधानार्थ सरस्वतिनरस्थिति चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय छलफलले नाम परिर्वतन गरेर चलचित्र प्रदर्शनका लागि बाटो खुलाउने निर्णय गरेको हो ।

विवाद बढ्दै गएपछि यो विषय केही पेचिलो बनेको थियो । धामिर्क संघसंस्थाकै विरोधका कारण चलचित्र सेन्सरमा जान सकेको थिएन । सूचना तथा संचार प्रविधि मन्त्रालयले बोर्डमै विवाद मिलाएर सेन्सरमा पठाउन निर्देशन दिएका कारण बोर्ड अध्यक्ष भुवन केसी अफ्ठ्यारोमा थिए । निर्माण पक्षले विकास बोर्डले रोकेको आरोप समेत लगाएको थयो ।

तर आइतबार सबै पक्षबीच सहमति जुटेसँगै प्रदर्शनअघिका सबै प्रक्रिया अघि बढ्ने भएको छ । नाम परिवर्तनसँगै अब यो सामाजिक चलचित्रका रुपमा भदौ २९ मा प्रदर्शनमा आउने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ