जाडोमा स्किन केयर रुटिन


  • स्किनलाई नियमित हेरचाहका लागि स्किन केयर रुटिन बनाएर फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्नुपर्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ ।
  • नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले गर्दा छाला सुक्खा हुन दिँदैन ।
  • घरबाहिर निस्कनुअघि अनिवार्य सनस्क्रिन क्रिम लगाउनुपर्छ । यसले सूर्यको विकिरणबाट छालालाई जोगाउँछ । दैनिक बाहिर निस्कँदा दुई वा तीन घन्टाको अन्तरालमा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ ।
  • दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । त्यसैले सुत्नुअघि मेकअप पखाल्न बिर्सनुहुँदैन । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ ।
  • राति सुत्दा पनि अनिवार्य मोस्चराइजर क्रिम लगाउँदा राम्रो हुन्छ । किनभने रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ