राजनीतिमा थोरै आशा ,धेरै निराशा


No photo description available.

राजनीति राज्यको मूल निति हो। यो भनाइ लाइ कसैले पनि इन्कार गरेको देखिदैन । राजनीतिको लाइन,दिशा र गतिविधि ले देश र जनताको भबिस्य निर्धारण गरिरहेको हुन्छ। आजको बिश्व राजनीति मा राजनीति दलको विकल्प दल बाहेक अरु को कल्पना गरिएको देखिदैन । दलको बिकल्प दलै हो। तर चीर स्थायी केही छैन। यो कुरा सबैले बुझ्न जरुरी छ। आजको बदलिँदो बिश्व राजनीति मा विभिन्न प्रकारको उतारचढाव आइरहेको छ। बिगत लामोसमयसम्म निश्चिति शक्ति केन्द्रको वरिपरि घुमेको बिश्व राजनीति आज आएर बहुध्रुबिय शक्ति मा बिभाजित छ । तथापि लामो समयसम्म आफुलाइ महाशक्ति रास्ट्रको उपमा दिन चाहने देशहरू जसले केही समय बिश्वब्यापी एकछत्र राज पनि गरे यिनिहरु र आज नयाँ तरिकाले देशको बिकास गर्दै बिश्व को उदायमान रास्ट्रको रुपमा देखिएका देशहरूको बिचमा बिश्वासको संकट पैदा हुनुका साथै एकले अर्कोलाई शत्रुता को रूपमा हेरिरहेका छन् । जसको पछिल्लो उदाहरण हो, अमेरिका इराक युद्ध ,उत्तर कोरिया र दक्षिण कोरिया युद्ध ,भारत पाकिस्तानी युद्ध ,रुस युक्रेन युद्ध ,आदि।राजनीति को बाटो सिधा हुदैन । यो बाङ्गोटिङ्गो हुन्छ।यो सधै घाम जस्तो चम्किलो र तातोमात्रै हुदैन,जुनजस्तो फिका र मधुरो पनि हुन्छ । भनिन्छ-राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैन । प्रकृतिको नियम पनि यो होकि कसैको पनि एकनास उन्नति र प्रगति सम्भव छैन । यो पृथ्वी मा सबै बस्तु नासवान छन् ,बेद पुराणले पनि यहि भन्छन् भने बिज्ञानले पनि यहि कुराको प्रमाणित गरेको छ। आजको बिश्वब्यापीकरणको प्रभाव सबै ठाउँमा परेको देखिन्छ । संसारमा प्रकृतिको नियमको विरुद्धमा जानखोज्नेहरु पछाडी परेको मात्रै छैनन् ,आफ्नो अस्तित्व समेत गुमाउन पुगेका छन् ।त्यसैलेहरकुरा बन्दुकको गोलि जस्तो सिधा सम्झिने र बुझ्ने हरु पक्कै पछाडी पर्छन् । राजनीति शास्त्रीहरु राजनीतिलाई मौसम संग पनि तुलना गर्न खोज्छन् । आज आएर बिश्व का प्रायःजसो देश हरुमा,अशान्ति ,बेमेल,निरासा,र प्रतिकुल स्थिति को शृजना हुँदै गइरहेको देखिन्छ । आसा र उत्साह पैदा गराउन सफल थोरै देश मात्रै छन् । शक्ति सन्तुलनका हिसाबले पनि कतै नयाँ बन्ने र कतै गुन्मे गरेको देखिन्छ। बिकसित देश देखि,बिकाससिल तथा अल्पबिकशित देश सबैलाई अनेकौं प्रकारको चुनौती छ। जसले ती चुनौती को सजिलोसँग समाधान गर्न सक्नेछन् तिनले प्रगती र उन्नति गर्न सक्छन् । अबिकशित र बिकासशिल देशहरूमा अझै ठूलो चुनौती छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै चुनौती को सामाना गर्नुपर्ने छ। एउटा योग्य ,कुसल ड्राइभरले जसरि गाडी गन्तव्यमा सकुशल पुर्याउछ त्यही तरिकाले नेतृत्वले जनताको भावनाको कदर गर्दै समयसापेक्ष निति र योजना निर्माण गरिनुपर्छ । जसले सकारात्मक दृष्टिकोणको बिकास गराउछ।जनतालाई आसावादी बनाउछ,रास्ट्र निर्माणमा सबैलाई सरिक गराउन सकिन्छ। सबै आफ्नो भबिष्य देख्छन् र सहयोग गर्छन् ,जसले आफ्नो भबिष्य सुन्दर देख्दैनन तिनमा नैरास्यता पैदा गराउछ। बिद्रोही भावनाको बिकास गराउछ त्यसले बिकास हैन बिनास तिर लैजान्छ । आज नेपाल को पछिल्ला राजनीतिक गतिविधिले आम जनतामा आसा भन्दा निराशा बढी देखिन्छ । यी र यस्ता तमाम गतिविधिहरुको अध्ययन गरि सुशासन प्रदान गरि जनतामा आसाको दियो जगाउन जरुरी छ। विशेष गरि युवा पिढिमा नेपालको राजनीतिप्रती आसा थोरै ,निराशा धेरै छ । जनताहरु राजनीतिक दलहरुप्रती निराश हुनाका कारणहरु-

(१) बोली र व्यबहार मा एकरूपता नहुनु
(२) ब्यक्तिवाद र परिवारवाद हाबी हुनु
(३) सत्तामोहमा फस्नु
(४) भ्रस्टाचार र बेथिति बढ्दै जानू
(५) राज्यको हरेक अंग मा राजनीति करण हुनु
(६) राज्यको सबै क्षेत्रमा बिचौलिया को प्रवेश हुनु
(७) डन,गुण्डा,दलाल,तस्कर र पैसा वालाहरु हाबी हुनु
(८) गरिव,श्रमिक,मजदुर ,किसान को बेवास्ता हुनु
(९) पदमा पुग्ने बित्तिकै धरातल बिर्सिने गर्नु
(१०) ईमानदार नेता कार्यकर्ता को बेवास्ता हुनु
(११) महँगि र बेरोजगारी बढ्नु
(१२) नीति प्रधान हैन,नेता प्रधान हुनु
(१३) वैदेशिक हस्तक्षेप बढ्नु आदि ।

यी र यस्तै कार्यहरू को कारण नेपाल को राजनीति मा थोरै आशा र धेरै निराशा छ। सबैको ध्यानाकर्षित हाेस् ।  धन्यवाद ।


ट्याग : #थोरै आशा, #धेरै निराशा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ