घर रित्तो जमिन बाँझो


नेपाल पृथ्वी मा एउटा पृथक पहिचान बोकेको मुलुक हो। जो प्राकृतिक सम्पदाको हिसाबले होस् ,धार्मिक सम्पदाको हिसाबले होस् या सांस्कृतिक हिसाबले ,हामी नेपाली  हाम्रो संस्कार र सस्कृतिप्रति गर्भ गर्छौ। संसार मै फरक पहिचान बनाउन सफल यस देश  प्राकृतिक सम्पदाले धनि छ। हाम्रा चाड पर्ब,मेला,आफ्नै रिति रिवाजमा आधारित छन् । यिनको आफ्नै महत्व छ। हाम्रा चाड पर्ब आउनै लाग्दा गाउँ घर मा छुट्टै रौनक हुन्थ्यो,घर परिवार इस्ट्मित्र वा आफन्त सितको भलाकुसारिको अवसर को रूपमा लिइन्थ्यो। बुढापाका र नौ जवान हरुको संसर्गमा रमाइलो गरिन्थ्यो।
आज गाउँ त्यहि ठाउँ, त्यहि समाज, त्यहि उहि चाड,उहि पर्ब,तर के गर्नु गाउँमा घर रित्तो छन्,घर र खेत बाझै छन् । नौ जवान देखिन्नन। सात समुन्द्र पारि गएका नौ जवान लाई पनि लाग्दो हो,आफ्नो गाउँ जाऔ। दशैं जस्तो चाडमा मान्यजनको हात बाट टिका जमाराको साथै आशिर्वाद थापौ।आफ्नै दिदीबहिनीको हात को  सप्तरङ्गि टिका थापौ,मखमलि सयपत्री फूल को माला पहिरऔ! लामो समय देखि बिछोडिएका आफ्ना बालापनका संगीसाथीहरू संगै रमाइलो गरौं !!आमाले अत्यन्तै माया ले खुबै मिहेनत गरेर पकाएको सेल रोटि खाऔ, तर के गर्नु ! आमा लाई के आफ्नो सन्तान लाई आफ्नै नजिकमा राखेर आफैले पकाएको खाना खुवाउने कम्ता इच्छा नहुँदो होला त ?चाहना र रहरले मात्रै सबै कुरा कहाँ पुग्दो रहेछ त ! यहाँ त बाध्यता छ । गाउँमा जवान मान्छे खोजे भेटिन्नन! बरु खाडिमा भेटिनेलान,यूरोप अस्ट्रेलिया भेटिएलान। यहाँ भन्दा अन्त पनि भेटिएलान तर हाम्रो आफ्नो गाउँमा भेटिन्नन। हाम्रा खेत गरा सबै बाझै छन् घरहरु सबै रित्तै छन् । यो क्रम घट्दो हैन बढ्दै गैरहेको छ।
यस्तै हो भने यो देश मा कोहि बस्दैनन । यस् को कारण बारे नीतिनिर्माता हरुमा चासो र चिन्ता देखिदैन। बेलैमा योजना बद्ध नीति र कार्यक्रम ल्याउन सकिएन भने जनशक्ति सबै बिदेश पलाएन हुदैछ्न। यो देश मा केहि छैन,केहि हुने वाला छैन,कसैको भबिस्य सुन्दर छैन। भन्ने भाष्य सृजना गरिदैछ।  गाउँमा जन्ति र मलामि जाने मान्छे त छदैछैनन! बा आमाको काज किरिया गर्ने छोरा को पर्खालमा लास नै मसान घाट लिने दिन को अत्तोपत्तो हुदैन। यसले देश मा कस्तो प्रभाव पार्ला? के समाजबाट को यात्रा यस्तै किसिम ले तय होला त ? नेपाल जस्तो देशको लागि यो अत्यन्तै असाधारण  अवस्था हो। यसले देश बिकास मा दूर गामि प्रभाव पार्छ। यसको लागि राजनीतिक दल हरु र सरकार जिम्मेवार   हुनुपर्छ । त्यस कारण सरकारले गाउँमा नजर लगाओस र  युवा युवतीलाई बिदेश पलायन हुन बाट रोकोस। जहाँ को घर रित्तो र जमिन बाझो न होस् ।
धन्यवाद


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ