सबैलाई देखाउने देखाउटी होइन म, मरी गईसके पछि जीबत हुने क्षमता छैन ममा

मरे पछी नत न्याय पाउन सक्छु, नत दिन सक्ने क्षमता छैन ममा


सबैलाई देखाउने देखाउटी होइन म, मरी गईसके पछि जीबत हुने क्षमता छैन ममा।

मरे पछी नत न्याय पाउन सक्छु, नत दिन सक्ने क्षमता छैन ममा ।
म मेरो लागि न्याय माग्न नत जीवित हुन सक्छु, नत न्याय नै दिलाउन सक्छु।

मेरो देशको हालत भनेको कहिले राजनीतिक मा, कहिले सडकको आन्दोलन मा दौडिएको देख्छु। समाज र जनता का लागि केही गर्छु भनेर जन्म लिनु भनेको स्वाभाविक नै थियो । एकदिन आफ्नै पर्ला घरको आंकल सँग कुरा गर्न पुगे, नमस्ते अंकल आरामै होशिन्छ, के छ हजुरको खबर अनि घर परिवार को समाचार भनेर मैले प्रश्न गरे, अनि अंकल निरास हुनु भयो ।

आन्टीले चिया ल्याउँदै भनु भयो, बाबु हाम्रो परिवार लाई के नै सोध्छौ ? तिम्रो अंकल वडा मा जाँदा जाँदै आज १५ दिन पुगेछ। किन अन्टी भनेर मैले अन्टी लाई पश्न गरे अनि अन्टी ले जफाब दिँदै भनु भयो।

तिम्रो कान्छी विहिनी घाँस काट्न को लागि घर बाट बिहान खाना पिना खाई १० बजे तिर जंगल निस्केकी थिएँ ? अनि साँझ परी सकेको थियो। चराचुरुङ्गी कराई राखेका थिए, म बाटो हेर्दै बसेको थिए।

छोरी घर मा आएकी थिएन, तिम्रो अंकल दिनभरि काम गरी थाकेका थिए, अध्यारो भइ सकेको थियो। ऊ सँग जंगल मा कोही पनि साथी गएको थियन, अनि तिम्रो अंकल लाई लौन अहिले सम्म छोरी घर मा आइपुगिन् केही भएकी भनेर, अंकलाई खोज्न पठाइ, तिम्रो अंकलले माथिला घरका बाबुलाई लिएर खोज्न जानु भयो।

पहिलाे दिन भेटिन, अर्को दिन सबै छिमेकीलाई खोज्न जाँदा तिम्रो बहिनीको लाश भेटायो। छोरीको कपडा पुरै च्यातिएका थिए, शरीर पुरै नाङ्गो थियो, मैले मेरो छोरीको मुख नै हेर्न सकिन, के गर्नु बाबु भोलि पल्ट मेरो चोरी के भएको भनेर गाउँ मा सबैलाई। कराउन थाल्ले नत मेरो कुरा गाउँले सुने, हाम्रो कुरा कसले पो सुन्छर बाबु, अन्टी आँखा बाट आँशु झार्दै भित्र जानु भयो, मेरो आँखा मा पनि आँशु बर्बर आयो अनि मैले आँशु पुछ्दै अंकल सँग कुरा गर्न पुगे,

अंकल के भएको रैछ खास मा अंकल ले टोलाउँदै भनु भयो राम्रा होइन हाम्रा मान्छे चाहिने रैछन, आँखा बाट आँशु झार्दै भनु भयो, आज म मेरो छोरी को न्याय को लागि १० दिन सम्म अक्शन बसे १५ दिन भन्दा बढी वडा कार्यालय धाए, पुलिस चौकी पुगे कसैले न मेरो कुरा अगाडि बढाए, नत हाम्रो वडा अध्यक्ष ज्यूँ ले सुनु हुन्छ। म मेरो छोरी बलाकृत भएको एकिन कसरी नगरु, जंगल मा घाँस को लागि गएकी थिए, उसको शरीर मा पुरै डाम थिएँ अनि ऊ खसेको वरिपरी पुरै जमिन ढोस्ति भएको थियो। शरीर पुरै नागों थियो।

शरीर मा ब्लड बगी रहेको थियो। याे पल मेरो आँखा मा झल झली आउँछ। mभनेर अंकल ले आँशु झार्दै भनु भयो, मेरो आँखा बाट पनि पिलपिल आँसु आयो, मैले मेरो आँशुलाई रोक्न नै सकेन, अंकल एकदमै साहसी मन भएको महशुस भयो। अनि अंकल ले भनु भयाे हाम्रो समाज मा यस्ता नानी हरु कति बलकृत भएको होलान्, आज जुन मेरो छोरी छ भोलि अर्को हुन् सक्छ पर्शी अर्को, भनेर भनु भयो।

अनि मेरो मनमा एउटै खुल्दुली बढ्न थाल्लो, हाम्रो देश मा बारम्बार यस्ता घटना बढ्दै जाने हो भने, नत राजनीतिक खेल्न जरुरी छ, न भोट माग्न जनता सम्म आउन नेता ज्यु हरुकोको मुख देखाउने समाज छ। कोही कहिले बिरामी हुँदा हस्पिटल मा उपचार गर्न जाँदा बिरामीले उपचार नपाई अकालमै ज्यान जानु पर्ने, यस्तो अवस्था कहिले सम्म र किन?

आखिर त्यही रैछ, सबै आफ्नो स्वार्थ र रुपैयाँको लालजमा मा लड्ने, एकछिनको अहमदार नदेखाउँदा पनि हुन्छ, आफ्नै छोरीचेली शुद छैन भने, हाम्रो समाजमा कोही प्रत्रकार उपचार नपाई मर्नु पर्ने , अनि त्यही समाजमा जातिय विभेदमा कोही बस्न र डुल्न नपाउने, त्यही जातिय विभेद मा ज्यान जानु पर्ने मलाई त हेर्दै लाज लाग्न थाल्छ, कोही खान नपाई सडक र किनार को छेउमा भोकमरी ले मर्नु पर्ने।

नेपाल को संविधान वि. सं. २००४ सालदेखि वि.सं २०७२ सम्म आइपुग्दा धेरै धारा हरु र मौलिक हक कर्तव्य परिवर्तन भए, जुन वि.सं.२००४,२००७,२०१५,२०१९,२०४७,२०६३, र अहिले आएर २०७२ को सातौ तर्जुमा आउँदा, विभिन्न ऐन, नियम, नीति, योजना नयाँ नयाँ कार्य विधेयक परिवर्तन लाउने कोशिश गरे तर पनि नेपालको संविधान भाग ३ धारा १८ उपधारा १ मा समानताको हक लाई लिएर सबै नागरिक कानुनको दुष्टीमा समान हुनेछन् कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेको छ।

तर हाम्रो समाज मा दिनऊ दिन हाम्रो चेलीबेटी, कोही बलत्कृत कोही बेचबिखनमा परेको कति पत्रपत्रिकाका देख्छौ कति सडकमा न्याय का लागि उत्रेका, हामीले देखेका र सुनेका छौं।

बैतडी दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको, कुरा गरौं, त्यस पछि गतै वर्ष २०७७ जेठ १० गते रुकुम पश्चिमको चोरजहारी नगरपालिका ८ सोती गाउँपालिकामा जातिय भेदभावकाई कारण ले नवराज विक ले ज्यान गुमाउनु परो, यस्ता विभिन्न सामाजिक घटना देख्न र सुन्न आएका छन्।

त्यस्तै गरी नेपालको संविधान भाग ३ धारा १८ उपधारा ३ मा सामाजिक सांस्कतिक दुष्टि ले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, आदि लाई समेटेको छ, उपधारा २४ मा छुवाछुत तथा भेदावविरुद्धको हक लाई लिएर कसैलाई पनि भेदभाव गरिनेछैन,

भनिएता पनि हाम्रो समाज यस्ता घटना दिनाउँ बढेका छन्। अछामी एक पत्रकार LB BiSokarma काे हस्पिटल को उपचारको लापरबाहीले अकालमा नै ज्यान गुमाउनु पर्यो। यसरी नै सरकारको लापरबाही ले दिनहौँ दिन घटना बढदै जाने हो भने ? कहिले सम्म जनता र समाज ले न्याय माग्दै सडक र पेटिका मा मात्र बस्ने ? कहिले पाउलान् बलत्कृत हाम्रो छोरीचेली न्याय? कहिले काँही यहि साना कुरा ले मन थाप्न नै गारो हुन्छ। हाम्रो देश नेपाल मा सामाजिक समस्या दिनको दिन बढदै छन् भने अर्को तीर सरकार ले पनि यस क्षेत्रमा ध्यान आकर्षण नगरेको देखिन्छ।

त्यसैले त सबैलाई देखाउने देखाउटी होइन म, मरी गईसके पछि जीबत हुने क्षमता छैन ममा,
मरे पछी नत न्याय पाउन सक्छु, नत न्याय दिन सक्ने क्षमता छैन ममा ।
म मेरो लागि न्याय माग्न नत जीवित हुन सक्छु, नत न्याय नै दिलाउन सक्छु।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ