अब सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो : देउवा


धनगढी : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब सुदूरपश्चिमको मुख्यमन्त्री गठबन्धनको हुने बताएका छन्। गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले आज (आइतबार) जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘​अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो,’ उनले भने, ‘​मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’ नेकपा माओवादी केन्द्रका नेता भट्ट गठबन्धनको तर्फबाट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि साझा उम्मेदवार छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ