जेठ महिनाभित्र स्थानीय निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय


 

काठमाडौँ  – पाँच दलीय गठबन्धनले आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठ महिनाभित्र स्थानिय निर्वाचन गर्ने सहमति गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव गर्ने सहमति भएको बताए ।

उनले निर्वाचन आयोगसँगको छलफलपछि निर्वाचनको मिति तोकिने बताए । साथै बैठकले संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ