कैलालीमा डेङ्गुका चार सय २३ बिरामी, धनगढीमा मात्रै १४१ डेङ्गुका बिरामी


कैलाली। कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम कायमै छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेङ्गुका बिरामी छन्। जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेङ्गुका बिरामी छन्। सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन्।

घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चाररचार जना छन्। लम्कीचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए। गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेङ्गुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेङ्गुका बिरामी शून्य रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ