देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य


देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य

काठमाडौं  – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको सख्या एक हजार नाघेको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय  जनाको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ५ हजार ५ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय १३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ । यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४० जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ