सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि


सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम  – सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा मात्रै थप ४५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

कैलाली, कञ्चनपुर ,बैतडी र बझाङमा ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ