अपाङ्गता उत्तरदायि निति, बजेट तथा योजना तर्जुमा बिषयक अन्तरक्रिया


कैलाली : स्थानीय तहमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायि निति, बजेट तथा योजना तर्जुमा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । युएनपिआरपिडि , युएन वमनको आर्थिक सहयोग तथा अपाङ्ग एकता समाजको आयोजनामा कैलालीको गोदावरी नगरपालिकामा स्थानीय तहमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायि निति, बजेट तथा योजना तर्जुमा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल अपाङ्ग महिला संघ कैलालीको समन्वय र राष्ट्रिय आदिबासी जनजाती महिला संघ नेपालको सहकार्यमा गरिएको कार्यक्रम अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि दत्त भट्टले अपाङ्गता भएका व्याक्तिहरुलाई गोदावरी नगरपालिकाले सहयोग गर्ने बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुको सहायता समाग्री आवश्यकता अनुसार बितरण गर्ने बताउदै क्षमता अनुसार राहत दिने बताए । नगरपालिकाका नयाँ संरचना अपाङ्ता मैत्री बन्ने बताउदै उनले पुराना संरचना अपाङ्ता मैत्री बनाउन पहल गर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले अपाङ्गता भएका व्याक्तिलाई सबैले सम्मान गर्नु पर्ने बताए । उनले नगरपालिकाले अपाङ्गता भएका व्याक्तिहरु सबैलाई सम्मान गरिरहेको बताए ।

प्रत्येक बर्ष अपाङ्गता भएका व्याक्तिका लागि बजेट छुट्याउने गरेको बताउदै उनले छुट्याएको बजेट गोदावरी नगर स्तरिय अपाङ्ग संघको सल्लाह अनुसार कार्यन्वयन गर्ने गरेको जानकारी गराए । उनले अपाङ्ता भएका व्याक्तिका लागि नगरपालिकाबाट हुने सहयोगको कमी नहुने बताए । त्यसैगरी कार्यक्रममा सहभागी भएका दल बहादुर नेपालीले अपाङ्ता भएका व्यक्तिलाई नेताहरुले भोटको रुपमा मात्र प्रयोग गरेको आरोप लगाए । चुनावको बेला अपाङ्ता मैत्री हुने त्यसैपछि नेताहरु भुल्ने गरेको उनले बताए ।

उनले नगरपालिका भवन अपाङ्ता मैत्री नबनेकोले अपाङ्ता भएका व्यक्तिहरुलाई सेवा लिन गाह्रो भएको बताए । अपाङ्गता भएका ब्याक्तिहरुका लागी हेल्प हेस्क नभएकोले काम गर्न गाह्रो भएको बताउदै उनले नगरपालिकामा अपाङ्ता भएका व्यक्तिले काम गर्न आउदा नगरपालिकाका कर्मचारीबाट अपहेलना सहनु परेको बताए । त्यसैगरी रमेश ताम्राकारले संघिय सरकार, प्रदेश सरकार र स्तानिय सरकारले आफ्नो बजेटको ५ प्रतिशत अपाङ्ता भएका व्याक्तिका लागि छुट्याउनु पर्ने बताए । यातायातमा अपाङ्ता भएका व्याक्तिका लागि छुट्याएको ४५ प्रतिशत छुटको ब्याबश्था सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन नभएको बताए ।

नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नरदिप धामीले गोदावरी नगरपालिकाले अपाङ्ता भएका व्याक्तिका लागि सहायक समाग्री बितरण गर्दै आएको बताए । उनले अपाङ्ता भएका व्याक्तिलाई सहायक समाग्रीले मात्र नहुने बताउदै अपाङ्ता भएका व्याक्तिलाई सिपमुलक तालिम दिएर रोजगारको सृजना गर्नु पर्ने बताए । कार्यक्रममा उपश्थित सबैलाई कृष्ण गहतराजले स्वागत गर्दै अपाङ्ता भएका व्याक्तिका लागि स्थानिय सरकार सबै भन्दा नजिकको सरकार भएको बताउदै गोदावरी नगरपालिकालाई अपाङ्ता मैत्री बनाउनु पर्ने बताए । कार्यक्रमको संञ्चालन कुश्मी जोशीले गरेकी थिइन ।

यसैबिच अपांगताका सवालमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाईएको छ । अपांगताको हकहितका लागि गठन भएका विभिन्न ६ वटा संघसंस्थाहरुले नगरपालिकाका सबै जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतलाई १० बुदे ज्ञापन पत्र बुझाएका हुन ।

उक्त ज्ञापन पत्रमा नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सेवा प्रवाह गर्न हेल्प डेस्कको व्यवस्था गरिनुपर्ने, नगरभित्रका सार्वजनिक सेवाका भौतिक संरचनाहरु पुर्ण रुपमा सबैका लागि पहुँचयुक्त बनाईनुपर्ने, अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी योग्यता र क्षमतको आधारमा रोजगारी तथा आयआर्जनका अवसर सृजना गरिनुपर्ने, नगरका सम्पुर्ण गतिविधिहरुमा समान र अर्थपुर्ण सहभागिताको सुनिश्चितता हुनुपर्ने, नगरक्षेत्र रहेका अपांगता भएका व्यक्तिहरुलाई यातायातमा रहेको छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराईनुपर्ने लगायत रहेका छन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ