जीवन बीमा कम्पनीको बीमा शुल्क १०.३८ अर्ब माथि हुँदा ७ महिनामा ८१.३० अर्ब रुपैयाँ आर्जन गरे


काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनामा १ करोड १० लाख ८६ हजार ६८९ वटा बीमालेख जारी गरी जीवन बीमा कम्पनीहरुले झण्डै १० अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले माघ महिनामा २ अर्ब ६९ करोड ४५ लाख ८० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, माघ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क वापत २ अर्ब ४२ करोड २९ लाख ५६ हजार रुपैयाँ, नवीकरण बीमा शुल्क ७ अर्ब ९६ करोड ५५ लाख ८ हजार रुपैयाँ र बीमाङ्क रकम ६ खर्ब ८५ अर्ब ६६ करोड ४४ लाख ७६ हजार रुपैयाँ रहेको छ । माघ महिनामा जीवन बीमा कम्पनीले १० लाख ३८ हजार ५२२ जारी बीमा लेख संख्या रहेका छन् ।
यता चालु आर्थिक बर्षको माघ महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै, माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत २३ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैयाँ र नवीकरण बीमा शुुल्क ५८ अर्ब २६ करोड ९७ लाख ८२ हजार रुपैयाँ रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ