कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान जफत


कैलाली :  कैलालीमा भन्सार छलीका सामान जफत गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह,भजनी नगरपालिका– ३ कुसुम घाट र कनैयापुर, ५ जुठाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख २८ हजार ९ सय ७० मूल्य बराबरको चिनी, बिडी, सुर्ती, पानीपुरी, मैदा, पास्ता, साबुन, पर्दा, प्रिन्ट केमिकल, प्रिन्ट पेन्ट, मेहेन्दी, छाता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

त्यसैगरी कञ्चनपुर कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका–११ चौकीसत्ताबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य ७३ हजार ७ सय मूल्य बराबरको जुत्ता,चप्पल,बिलेट, सुर्ती,नारिवलको तेल, पाटी पेपर, बेलुन, धागो, नल्का लगायतका सामानहरू इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ