जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ खुल्यो


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निस्कासन गरेको छ । संस्थाले आजदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि खुला गरेका छ । त्यस्तै सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ