६ महिनापछि संवैधानिक इजलास गठन, आज ६ थान मुद्दा पेसीमा


काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरेका छन् ।कामु प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मिरा खड्का, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरेका हुन् । न्यायाधीशहरू वरिष्ठताका आधारमा संवैधानिक इजलासमा तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायीक विचलनको आरोप लगाउँदै सर्वोच्चका न्यायाधीशहरुले गत कात्तिकदेखि आन्दोलन सुरु गरेपछि रोकिएको संवैधानिक इजलास करिब ६ महिनापछि आजबाट सुचारु भएको हो ।कामु प्रधानन्यायाधीश कार्कीले नेतृत्व गर्नेगरी ६ महिनापछि सुचारु भएको संवैधानिक इजलासको पहिलो पेशीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ । यस पटकको संवैधानिक इजलासमा सुखीपुर नगरपालिका सिरहा, जिल्ला सरकारी वकिल कार्यालय दाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतको सामान्य प्रकृतिको ६ थान मुद्दा मात्रै पेसीमा राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ