मन्त्रिपरिषदको बैठक ३ बजे बस्दै, आजै चुनावको मिति घोषणा हुने


काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउंसो ३ बजेका लागी बोलाइएको छ ।

मन्त्रिपरिषदको आज बस्ने बैठकले जेठ ४ मै स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्ने स्रोतको दावी छ । सरकारले निर्वाचन आयोगलाई जेठ ४ मा चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्थानीय तहको चुनाव सार्ने पक्ष्ँमा छन । आइतबार प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच स्थानिय तहको निर्वाचनबारे छलफल भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ