दोलखाबाट थप चार किलो सुन बरामद


दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ। यसअघि बुधबार र शनिबार गरी सात किलो सुन बरामद भएको दोलखाबाटै थप चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।

बुधबार र शनिबार दुवैपटकको सुन बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट प्रहरीले बरामद गरेको थियाे। घटना गम्भीर रहेको निष्कर्षसहित घटनाको अनुसन्धान गर्न सिआइबीको विशेषज्ञ टोली दोलखा पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ