राष्ट्रिय सहमतिको राष्ट्रपति बन्ने चर्चामा महन्थ ठाकुर


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन धौडधुप गरिरहेका छन् ।मंगलबार लोसपालका नेताहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका हुन् ।

आज पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका थिए । उनीहरुले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले लोसपाको प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिए । ‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफुलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयौं ।’

त्यस्तै ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोसपाका शिर्ष नेताहरु बालकोट आजै बालकोट पुगे । ठाकुरसहितका लोसपाका नेताहरु यसअघि प्रधानमन्त्री प्रचण्डसँग गरेको प्रस्ताव लिएर ओली भेट्न बालकोट पुगेका हुन् । ओलीसँग पनि उनीहरुले ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेका छन् ।

त्यस्तै लोसपाका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने भएका छन् । बुधबार देउवालाई भेट्ने कार्यक्रम लोसपाको छ । राष्ट्रपतिका लागि अबको चार दिनपछि फागुन १३ मा उम्मेदवारी मनोनयनको समय तोकिएको छ भने मतदान फागुन २५ मा हुँदैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ