आँटा प्रतिकेजी २५ र मैदा प्रतिकेजी २० रुपैयाँ बढ्यो


आँटा प्रतिकेजी २५ र मैदा प्रतिकेजी २० रुपैयाँ बढ्यो

काठमाडौं । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।

संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन रु,” अध्यक्ष बज्राचार्यले प्रतिप्रश्न गर्नुभयो ।यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ ।

आजको गोरखापत्र दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ