एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने


काठमाण्डु-   एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई परिस्थिति हेरेर विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई परिस्थिति हेरेर विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ ।

२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ