बझाङको दुर्गाथली गाउँपालिकाद्धारा मदन भण्डारी बाल आश्रमका बालबालिका लाइ न्यानो कपडा सहयोग


बझाङ । चिसोकोे समयमा बालबालिकालाइ समस्या हुने भन्दै गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष जनक दौल्यालले गाउँपालिकाको तर्फ बाट बाल आश्रमका १३ जना बालबालिकालाइ हुड सहयोग गरेको सहकर्मी शेर बहादुर वलिले जानकारी दिनुभयो ।

उक्त आश्रममा रहेका नाबालकहरुलाइ समस्या पर्दा गाउँपालिकाले सहयोग गर्ने गाउपालिका अध्यक्ष दिल बहादुर थापा बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापा , उपाध्यक्ष जनक दौल्याल, वडा नम्बर १ का वडा अध्यक्ष अम्मर राज धामी लगाएतको उपस्थिती रहेको थियोे । उक्त मदन भण्डारी बाल आश्रममा हाल १३ जना बालबालिकाहरु रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ