सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो


काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नाै सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख नाै सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ