बाजुराका दुई वटा मतदानस्थलको मतदान स्थगित


बाजुरा :  बाजुरामा दुई वटा मतदानस्थलको मतदान स्थगित भएको छ ।  जिल्लाको बूढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्रावि र बूढीनन्दा ५ को मतदान कार्य स्थगित भएको हो । दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि गिरिखेल्ने प्राविमा सुरक्षाकर्मीले ७ राउन्ड हवाई फायर गरेको छ ।

यसअघि गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुरामा मतदान रद्द भएको थियो ।यस पटक बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिमलाई ध्यान राख्दै  कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै ‘कमान्डो दस्ता’ परिचालन गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ