सुदुरपश्चिम र लुम्बिनीका मुख्यमन्त्री दुवै टिकट पाउन असफल


 

काठमाडौँ  – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले प्रदेशको समेत टिकट पाउन असफल भएका छन् । सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले डोटीबाट प्रदेश र प्रतिनिधिसभा दुवैमा टिकटको लागि प्रयास गरेपनि उनलाई पार्टीले टिकट नदिएको हो ।

भट्टले आफ्नो नाम समानुपातिकमा समेत राखेका थिए । तर,समानुपातिकमा समेत उनको नाम परेन । उनले टिकट नपाएपनि उनका पिए शिवसिंह ओलीले भने डोटी प्रदेशसभा ख बाट टिकट पाएका छन् । ओली माओवादीभित्र नारायणकाजी श्रेष्ठ समुहका नेता हुन् ।

मुख्यमन्त्री भट्टमाथि पांच वर्ष पदमा बस्दा समेत कुनै राम्रो काम गर्न नसकेको र आर्थिक रुपमा समेत विवादमा आएको आरोप लाग्दै आएको छ । त्यसैकारण उनलाई कुनै पनि ठाउंमा अवसर नदिइएको माओवादी स्रोत बताउंछ ।यता मुख्यमन्त्री बनेदेखि नै विवादमा आएका लुम्बिनीका मुख्यमन्त्री केसीलाई समेत टिकट दिइएन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत उनिसंग असन्तुष्ट थिए ।

रोल्पा प्रदेश ख बाट निर्वाचित मुख्यमन्त्री केसीलाई यसपटक नेतृत्वले टिकट नदिएको हो । उनको ठाउंमा दाहाल पूर्व स्वकिय सचिव जोखबहादुर महराले टिकट पाएका छन् ।केसीले आफुले टिकट नपाएपनि श्रीमतीलाई भने समानुपातिक सूचिमा राख्न सफल भएका छन्



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ