सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार

सुदुरपश्चिम प्रदेशका जनताहरूले सरकारी तहमा पहिलोपटक युरोलोजी (अर्थात मृगौला तथा मुत्ररोग) सम्बन्धि विशेषज्ञ सेवा पाएका छन।


यहि असोज १ गते देखि निरन्तररुपमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. जोनस तिवारी मार्फत सो सुविधा पाएका हुन्। सरकारी तहमै स्थापनाकाल देखि वर्तमान सम्म थुप्रै विभाग तथा दरबन्दी थपिएपनि मृगौला र मुत्ररोगका बिरामीहरुले भने सास्ती नै खेपिरहनु परेको थियो । युरोलोजी सेवा सुरुसंगै विरामीहरुलाई प्रदेश भित्रै सरकारी स्तरमा सेवा प्रदान भई राहत हुने भएको छ ।

सुदुरपश्चिमको महेन्द्रनगरमा वि.सं. २०४६ मा जन्मिएका डा. तिवारीले कक्षा १० सम्मको अध्ययन महेन्द्रनगरमै पुरा गरी काठमाण्डौमा अवस्थित निष्ट कलेजबाट १०+२ को अध्ययन गरेका थिए । बाल्यकालदेखि नै मेहनती र लगनशील स्वभावका डा. तिवारीले नेपालगञ्ज मेडिकल कलेजबाट सन् २०१२ मा एम.बी.बी.एस. पूरा गरि छोरालाई डाक्टर बनाउने आमा बुवाको सपना पूरा गरेका थिए । त्यसपछि उनले पहिलो सेवा आफ्नै पुख्र्याैली माटोलाई दिए । एक वर्ष उनले बैतडी स्थित प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीमा सेवा प्रदान गरे । त्यसबेला पनि सो क्षेत्रका वासिन्दाले प्राथमिक स्वास्थ केन्द्रको स्थापनाको करिब १४ वर्ष पछि मात्र डाक्टरको सुविधा पाएका थिए ।

त्यसपछि उनले १ वर्ष नेपाल परिवार नियोजन संघको धनगढी शाखामा सेवा प्रदान गरे । सेवा कै क्रममा उनले पूर्ण छात्रवृत्तिमा पाकिस्तानको लाहोर स्थित किङ्ग एडवार्ड मेडिकल कलेजमा सन् २०१५ मा अध्ययनका लागि नाम निकालेर पढ्ने अवसर पाए । सन् १८६० मा ब्रिटिश इन्डियाकालमा स्थापित उक्त मेडिकल कलेज दक्षिण एसियाकै चौथो पूरानो मेडिकल कलेजकारुपमा परिचित छ । आफैमा इतिहास बोकेको संस्थामा पढ्न पाउनु गर्वको कुरा भएको डा. तिवारीले बताए । त्यहाँबाट ५ वर्षको युरोलोजी कोर्ष पूरा गरि सन् २०२० को अन्त्यमा नेपाल फर्केका डा. तिवारीले करिब डेढ वर्ष नेपालगञ्ज मेडिकल कलेजमा कन्सलट्यान्ट युरोलोजिस्टका रुपमा उत्कृष्ठ सेवा गर्दै आइरहेका थिए । आफ्नो ज्ञान र सिपले आफ्नै क्षेत्रमा, स्रोतसाधनले भ्याएसम्म आफ्नै प्रदेशका जनतालाई उत्कृष्ट सेवा दिन तत्पर रहको डा. तिवारीले बताए ।

सुदुरपश्चिमका मुत्र तथा मृगौला रोग पिडित जनतालाई आफ्नै क्षेत्रमा विशिष्ट सेवा पाउन डा. तिवारी आशाका किरण बनेका छन् । जटिल स्वास्थ्य स्थितिमा उपचारका लागी लामो यात्रा तय गर्नुपर्ने अवस्था अब हट्ने भएको छ । अब मृगौला रोग, पिसाब तथा मुत्रथैली सम्बन्धि तथा पत्थरी, प्रोष्टेट एवम् पूरुष प्रजनन स्वास्थ्य सम्बन्धि समस्या जस्तैः पूरुष बाझोपनको उपचार तथा परामर्श सेवा सेती प्रादेशिक अस्पतालको युरोलोजी विभागबाट लिन सकिने भएको छ । सो विभागको नियमित र सहज सेवा बनाइ राख्न सबै सरोकारवालाको साथ पनि चाहिरहने उनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ