थप २ सय ८६ जनामा कोरोना पुष्टि


काठमान्डौं- नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन ।

थप २ सय ८६ जनामा कोरोना पुष्टि



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ