नेपालमा ओमिक्रोनको संक्रमण बढ्दो, थप २४ जनामा ओमिक्रोन पुष्टि


काठमाडौं  – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक विज्ञप्ति जारी गर्दै २४ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको जनाएको हो ।

प्रवक्ता डा. संगीता मिश्राले पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको साथै एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिइन् ।


ट्याग : #ओमिक्रोन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ