एमसीसी पारित भएको दुई दिनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित भएको दुई दिनपछी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका हुन् ।ब्लिनकनले टिवट गर्दै युक्रेनमा रुसले गरेको सैन्य आक्रमणको बारेमा छलफल भएको जनाएका छन् ।

उनले भनेका छन् । ‘आज नेपालका प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल ग¥यौं । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम जारी राख्नेछौं ।’

नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दैै यसअघि नै विज्ञप्ति जारी गरिसकेको छ । नेपालले युक्रेनको सार्वभौतिकता र भौगोलिक अखण्डमाथि गरिने आक्रमणको विरोध गर्ने जनाएको छ ।तर, भारत र चीन भने रुसले गरेको आक्रमणको विषयमा राष्ट्र संघका अन्य फोरमहरुमा समेत तटस्थ भूमिका खेल्दै आएका छन् ।रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई सोमबार भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्दको आपतकालिन बैठक गर्ने पक्षमा समेत नेपालले मतदान गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ