आइतबार बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा परेन एमसीसी


काठमाडौँ ।  संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ