सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी दर्ता भएको छ ।

सभापति लामिछाने सदस्य रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले दिएको उजुरी मंगलबार दर्ता भएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दिएका छन् ।

समितिमा दर्ता भएको उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ