नेपालको जनसंख्या २ करोड ९१ लाख, यी १० चार्टबाट विस्तृतमा हेर्नुहोस् जनसंख्या विवरणसहित


काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेकाे ५ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ । यसअघि नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । विसं. २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने बताए ।

बितेको दश वर्षमा नेपालको जनसंख्या बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २६ लाख ९७ हजारले बढेर २ करोड ९२ लाख पुगेको हो।

यसअघि २०६८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।

सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

गत कात्तिक २५ गतेबाट यस वर्षको जनगणना सुरु भएको थियो। १५ दिनसम्म चलेको जनगणनामा ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरुले जनसंख्या संकलन कार्य गरेका थिए।

सार्वजनिक प्रारम्भिक जनसंख्याको विस्तृत विवरण हेर्नुहोस् :

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ